
वीरेन्द्रनगर, १७ जेठ । सुर्खेतमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने दुई जना घाइते भएका छन् ।
आज बिहान सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर-१४ स्थित रातानाङ्गलामा भे १ च २५६० नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुल्न सकेको छैन् । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको बताइएको छ ।
दुर्घटनामा घाइते दुई जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया