
हेटौंडा, १६ जेठ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ बाघखोरस्थित क्रसरमा करेन्ट लागेर बुधबार दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय रोहित रुम्बा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडक निर्माणको लागि खडा गरिएको अमर कन्ट्रक्सनको ट्रान्समिटरको तारमा छुँदा करेन्ट लागेर रुम्बाको घटनास्थलमै मृत्यु भएको हो ।
बालकको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया