
काठमाडौं, १६ जेठ । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते आफूलाई पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उहाँ सर्वोच्च अदालत पुग्नुभएको हो ।
मुख्यमन्त्री केदार कार्कीलाई पदबाट हटाउँदै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
रिटमा केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गर्नुभएको छ ।








प्रतिक्रिया