४ असार २०८३, बिहिबार

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १६ जेठ । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मंगलबार भेटघाट गर्नुभएको छ ।

भेटका अवसरमा नेपाल र राष्ट्रसंघको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसंघले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।

भेटका अवसरमा उहाँहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ ।

सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आउनुभएको छ । सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको हो ।