७ असार २०८३, आइतबार

सगरमाथामा तेञ्जिङ र हिलारीले पाइला टेकेको सात दशक पूरा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।

मानव र सगरमाथाबीचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो । नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले आजको दिनलाई विशेष मान्छन् ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । त्यसपछि सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो समय विदेशी र नेपाली पर्वतारोहीको आकर्षण बढ्दो छ ।

पर्यटन विभागले यो वर्ष (२४ वैशाख)सम्म वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएको जनाएको छ ।

अघिल्लो वर्ष भने हालसम्मकै सर्वाधिक ४७८ जना आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ ।