२० असार २०८३, शनिबार

दुई करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । प्रहरीले नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गुरुङले काठमाडौंस्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपैयाँ बैना लिई जग्गा अर्कैलाई बिक्री गरेको भन्दै उहाँविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीकाअनुसार जेनेस सलुशन नामक कम्पनीले आफ्नो कार्यालय भवन निर्माणका लागि भन्दै पोखरा महानगरपालिका–१२ स्थित झन्डै १३ आना जग्गा खरिद गर्न गुरुङलाई दुई करोड बैना वापत दिएको थियो । तर पछि जग्गा गुरुङले अर्कै व्यक्तिलाई बिक्री गरेको मालपोत कार्यालय कास्कीबाट खुलेको छ ।

त्यसपछि कम्पनीले गुरुङलाई सम्पर्क गरी रकम फिर्ता माग्दा उहाँले ५० लाख फिर्ता दिनुभएको र बाँकी रकमको साँवा ब्याजसमेत एक करोड ६५ लाखको एकाउन्ट पेइ चेक जेनेस सलुशनलाई दिनुभएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको जावलाखेल शाखामा उक्त चेक साट्न पटक–पटक जाँदा बैंकले गुरुङको खातामा पर्याप्त रकम नरहेको जानकारी दिएको थियो । त्यसपछि कम्पनीले गुरुङविरुद्ध उजुरी दिएको हो ।