
चितवन, १६ जेठ । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी हुनुभएको छ ।
११औँ जिल्ला अधिवेशनको बुधबार बिहान सम्पन्न मतगणनाअनुसार पाठक ६ सय ६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी घनश्याम कँडेलले ९३ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपाध्यक्षमा श्यामकुमार विष्ट ४ सय ४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २ सय ८४ मत प्राप्त गर्नुभयो । सचिवमा प्रकाश ढुंगनाले ४ सय ६६ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी पदमपाणी सुवेदीले २ सय २१ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपसचिव (खुल्ला)मा २ सय ४० मत प्राप्त गर्दै मीनबहादुर परियार विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी केशव आचार्यले २ सय ६ मत, टिकाराज रिजालले १ सय ५० मत र गोपाल परियारले ७९ मत प्राप्त गर्नुभयो ।
उपसचिव (महिला)तर्फ ज्वाला पुरी वनले ३ सय ६६ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी जानकी शर्माले ३ सय १० मत प्राप्त गर्नुभयो ।









प्रतिक्रिया