२३ असार २०८३, मंगलबार

‘अबदेखि महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन’

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्न नपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको छ । मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ छ ।

मंगलबार १७औं गणतन्त्रको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले फेसबुकमा लेख्नुभएको छ:

गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास:
अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।