२१ असार २०८३, आइतबार

यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

13.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका- ४ गोतामकोट विष्ट गाउँकी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको हो ।

वडाध्यक्ष नरसिं विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै उहाँको मृत्यु भएको हो ।

जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गर्ने तयारी भएको छ ।