१७ असार २०८३, बुधबार

बजेट १९ खर्ब हाराहारीको आउँदै, कर्मचारीको तलबभत्ता नबढ्ने

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आज बजेट ल्याउँदै हुनुहुन्छ । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गर्नुभएको हो ।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिब १९ खर्बको हुने बताइएको छ । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

बजेटमा केही लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहनुभएको छ । सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलबभत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ ।

यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्वलडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ ।