
काठमाडौं, १५ जेठ । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भू-भागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ ।
हाल देशको कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।








प्रतिक्रिया