
काठमाडौं, १५ जेठ । आज १७औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
वि.सं.२०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा भएको थियो ।
जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको थियो ।
पहिलो संविधानसभाको २०६५ जेठ १५ गते बसेको बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।
वि.सं. २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संविधान जारी गरी गणतन्त्रलाई संस्थागत गरिसकेको छ ।








प्रतिक्रिया