
काठमाडौं, ८ जेठ । मन्त्रिपरिषद्को निर्णयअनुसार आज सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरिएको छ ।
सम्पत्ति विवरण अनुसार कतिपय मन्त्रीहरू प्रधानमन्त्री भन्दा धनी देखिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको भरतपुरमा १४ कट्ठाको पार्किङसहितको घर घडेरी, भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा, ५ तोला सुन र एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्जात विवरणमा देखाइएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
१. मन्त्रीभन्दा गरिब प्रधानमन्त्री : प्रधानमन्त्री प्रचण्डको भरतपुरमा १४ कट्ठाको पार्किङसहितको घर घडेरी, भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा, ५ तोला सुन र एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्जात ।
२. पक्राउ परे सिरोहिया : नागरिकता कीर्तेको आरोपमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैशाल सिरोहिया पक्राउ ।
३. धनी मन्त्री : एकीकृत समाजवादीका मन्त्री धनबहादुर बुढाको सात वटा घर, १५ लाख नगद मौज्दात रहेको र श्रीमती हिमाली बुढाको नाममा ४५ लाख मौज्दात, सात आना जग्गा ।
४. गृहमन्त्रीको सम्पत्ति कति ? : गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा, बैंकमा १ लाख १० हजार रुपैयाँ श्रीमती निकिता पौडेलको १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर ।
५. छट्पटाहटमा काँग्रेस : सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै छटपटाएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ ।
६. आरजुको चुनौती : टीकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको आरजु राणा देउवाको स्पष्टोक्ति, फाइल खोल्न चुनौती ।
७. परराष्ट्र मन्त्रीको सम्पत्ति : उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा, गोरखामा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी ।
८. पर्यटनमन्त्रीको सम्पत्ति : पर्यटनमन्त्री हितबहादुर तामाङसँग ६ तोला सुन, १२ रोपनी जग्गा र २० लाख नगद ।
९. महासेठको सम्पत्ति : उपप्रधानमन्त्री रघुवीर महासेठसँग २ करोड मौज्दात, ४३ तोला सुन ।
१० . धन्यवाद प्रस्ताव पारित : प्रतिपक्षी दल काँग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभा र राष्ट्रियसभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित ।
११. बैठक स्थगित : आगामी शुक्रबार सम्मका लागि प्रतिनिधि र प्रदेशसभा बैठक स्थगित ।
१२. रिट हेर्दाहेर्दैमा : गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा ।
१३. सकिएन सुनुवाई : काँग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्दा हेर्दै’मा, भोलिलाई तोकियो पेसी ।
१४. वार्ता सुरू गर्न आह्वान : इजरायल–हामास वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घीयका दूतको आह्वान ।
१५. विश्वकप खेलाउन पहल जारी : लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेलाउन पहल भइरहेको नेपाल क्रिकेट संघ (क्यान) को भनाइ ।








प्रतिक्रिया