२३ असार २०८३, मंगलबार

सहकारीमा तोडफोड गर्ने ९ जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । सहकारी तोडफोड गरेको आरोपमा कास्की प्रहरीले मंगलबार ९ जनालाई पक्राउ गरेको छ ।

पोखरा–३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपातसमेत गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे–५ रिभानमा ३६ वर्षीय प्रकाश विक, झापाका ४० वर्षीय राजीव प्रसाईं, पोखरा–२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समीनविक, २७वर्षीय सञ्जीव सुनार छन् ।

यसैगरी, पोखरा–२७ का यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देहीका ४७वर्षीय कमलाचन्द र नवलपरासीका ४२ वर्षीय विष्णु बोहरा पनि पक्राउ परेको जिल्लाप्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुले टेलिफोन तथा इन्टरनेटको तार समेतमा क्षति पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डीएसपी वसन्तकुमार शर्माले बताउनुभयो ।