सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

कैलाश सिरोहियालाई धनुषा लगियो

दैनिक नेपाल २०८१ जेठ ८ गते १९:४३


काठमाडौं, ८ जेठ । नागरिकता कीर्ते आरोपमा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ ।

सिरोहियालाई आज प्रहरीले कार्यालयबाटै पक्राउ गरेको थियो । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्व उजुरी परेको छ ।

सिरोहियाविरूद्व जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाले विभिन्न कम्पनी दर्ता गर्न छुट्टाछुट्टै नागरिकता नम्बर प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित