१७ असार २०८३, बुधबार

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहिया पक्राउ पर्नुभएको छ ।

प्रहरीले आज उहाँलाई थापाथलीस्थित कार्यालयमै पुगेर पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालयमै पुगेर उहाँलाई पक्राउ गरेको हो । सिरोहियाविरूद्व नागरिकता कीर्तेको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिनु भएको थियो ।