२ असार २०८३, मंगलबार

प्रतिनिधिसभा बैठक स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले जेठ ११ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

आज बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधकाबीच नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित भएको छ भने राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० पनि फिर्ता भएको छ ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गर्नुभयो ।