
काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बाबजुत सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अगाडि बढाउनु भएको छ ।
काँग्रेस सांसदहरूले निरन्तर नाराबाजी गरिरहेका छन् भने सभामुखले कार्यसूची अगाडि बढाइरहनु भएको छ । यसैबीच, नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि पेश गर्नुभएको छ ।









प्रतिक्रिया