२९ जेष्ठ २०८३, शुक्रबार

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गरिने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ६ जेठ । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले यसबारे जानकारी दिनुभएको हो ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उहाँले बताउनुभयो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।

सभामुख पाठकले आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।