७ श्रावण २०८३, बिहिबार

बस दुर्घटनामा घाइते १ जनाको मृत्यु, १२ जना घाइते

22.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ४ जेठ । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो।

कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको हो ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ ।

बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार रहेका थिए।