१ श्रावण २०८३, शुक्रबार

काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।

स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ । महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा रहेर यहाँहरूले परिकल्पना गर्नुभएका योजना तथा सुझावहरूको विवरण २०८१ जेठ ९ गतेभित्र यस प्रणाली वा इमेल [email protected] महानगरको हटलाईन ११८० मार्फत वा काठमाडौं महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध गरेको छ ।