२१ असार २०८३, आइतबार

संसद् बैठक अघि कांग्रेस संसदीय दल र कार्यसमितिको बैठक बस्दै

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसले आज (शुक्रबार) बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।

सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने विरुद्ध छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले आजको संसद बैठक पूर्व कार्यसमिति र संसदीय दलको बैठक बोलाएको हो ।

बिहीबार कांग्रेसको अवरोधबीच सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधि सभा बैठकमा कांग्रेस एमाले सांसदकाबीच असहज स्थिति बनेको थियो । जसकारण सभामुखले आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । तर, कांग्रेसले संसदीय छानबिन समिति गठनलाई बटमलाईन बनाएर अघि बढ्ने निणर्य गरिसकेकाले माग पूरा नभएसम्म संसदको अवरोध नरोक्ने बताउँदै आएको छ ।

कांग्रेसले हिजोको घटनाबारे छलफल गर्न आज प्रतिनिधि सभा बस्नुपूर्व नै पार्टीको बैठक बोलाएको छ ।