
काठमाडौं, ४ जेठ । डा. गोविन्द केसीले अनशन स्थगित गर्नुभएको छ ।
उहाँले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको जानकारी गराउनुभएको हो ।
केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले गत वैशाख २९ गतेदेखि अनशन सुरु गर्नुभएको थियो ।
उहाँले सबै नेपालीलाई निःशुल्क औषधोपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँच दिनदेखि अनशनमा बस्नुभएको थियो ।















प्रतिक्रिया