३१ असार २०८३, बुधबार

एमाले सर्लाही अध्यक्षमा पुनः साह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ३ जेठ । नेकपा (एमाले) को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित हुनुभएको छ । एमालेको नवौँ जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचिन हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्षमा बिदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उप–सचिव (खुल्ला) मा बलराम एस्माली मगर र उप–सचिव (महिला) मा विभा नेपाल निर्वाचित हुनुभएको छ ।

यस्तै लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाई, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा  खेमबहादुर भण्डारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको हो ।

कूल ६ सय १०  प्रतिनिधिमध्ये पाँच सय ७४ जना बुधबार मतदानमा सहभागी भएका थिए ।