९ असार २०८३, मंगलबार

जुम्लामा मिनी ट्रक दुर्घटना, २ जना घाइते

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, ३ जेठ । जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुइ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब साढे सात बजेतिर भएको दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन् ।

गाडी चालक सुर्खेतका २७ बर्षीय लक्ष्मीप्रसाद जैसीको अवस्था सामान्य छ । सहचालक सुर्खेत अलाचौर बस्ने १७ वर्षीय विष्णु अधिकारीको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश बहादुर चन्दले जानकारी दिनुभयो ।

चन्दका अनुसार बिहान मिनी ट्रक सुर्खेतदेखि खाद्यन्न बोकेर मुगुतर्फ जाने क्रममा अनियन्त्रित भइ नाम्म गमगढी सडक खण्ड अन्तरर्गत जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिकै सडकबाट तीन सय मिटर तल खसेको हो ।

घाइतेहरुको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।