२५ जेष्ठ २०८३, सोमबार

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेश सभा अवरोध, बैठक स्थगित

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३ जेठ । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।