२१ असार २०८३, आइतबार

बबई नदिमा डुबेर दाजुभाइको मृत्यु

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २ जेठ । दाङको बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका-७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको हिजो मंगलबार मृत्यु भएको हो ।

दुई दाजुभाइ ओदालेमा रहेको फुपुको घरमा बुवाआमासँगै आएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजंग थापाका अनुसार १८ वर्षीय दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो भने १६ वर्षीय दिपेश परियारको बबई नदिबाट शव निकालिएको थियो ।

मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेको जनाइएको छ । शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।