४ असार २०८३, बिहिबार

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा कांग्रेस लचक

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा भने लचक देखिएको छ ।

सिंहदरबारमा जारी संसदीय दलको बैठकमा आज जेठ १ गते संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने विषयमा छलफल भएको हो । तर, कांग्रेसले नीति तथा कार्यक्रममाथि छलफल भने गर्न नदिने बताइएको छ । निर्णय भने सार्वजनिक भएको छैन् ।

दिउँसो तीन बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन लचक भएपनि आफ्नो अडान नछाड्ने कांग्रेसको रणनीति छ  । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

कांग्रेस संसदीय दलको बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई मंगलबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसदमा अवरोध नगरिदिन आग्रह गर्नुभएको हो ।