
धनगढी, १ जेठ । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो ।
निधन हुनेमा भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहनुभएको बर्दियाको राजापुर नगरपालिका-९ की १८ वर्षीया अञ्जली परियार रहनुभएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते हुनुभएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।









प्रतिक्रिया