२४ असार २०८३, बुधबार

नेपालसहित दक्षिण एसियाको भ्रमण गर्दै एम्नेस्टीका महासचिव

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारले जेठ ३ देखि ११ सम्म दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्नुहुनेभएको छ ।

कालामारले नेपालसहित विभिन्न दक्षिण एसियाली देशहरूको भ्रमण गर्न लाग्नुभएको हो ।

उहाँले गृह युद्धमा जीवन गुमाएका हजारौँ नागरिकहरूको सम्झनामा जेठ ५ गते श्रीलंकामा हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ ।

त्यस्तै, जेठ ११ गते काठमाडौंमा उहाँले नागरिक समाज, मिडिया, युवालगायतसँग अन्तरक्रियात्मक संवाद गर्ने कार्यक्रम छ ।

कालामार अन्तर्राष्ट्रिय मानवअधिकार विज्ञ हुनुहुन्छ । अभिव्यक्ति स्वतन्त्रता क्षेत्रकी विज्ञ, नारिवादी र गैर नश्लवादी अभियन्ता कालामार सन् २०२१ मा एम्नेष्टीको महासचिव नियुक्त हुनुभएको थियो ।