
काठमाडौं, १ जेठ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाउनुभएको छ ।
सभामुख घिमिरेले आज दिउँसो १२:३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लाग्नुभएको हो ।
आज अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूचि निर्णय गर्नुपर्ने छ ।
सभामुख यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरुसँग बस्न लाग्नुभएको हो ।








प्रतिक्रिया