
काठमाडौं, ३१ वैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो कमिटीको बैठक आज बस्दै छ । सोमबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पोलिटब्युरो कमिटीको बैठक बस्ने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । उहाँले भन्नुभयो, ‘११ बजे एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ ।’
बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ । एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म हुँदैछ ।








प्रतिक्रिया