७ श्रावण २०८३, बिहिबार

पाँच किलो सुनसहित २ भारतीय पक्राउ

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् ।

विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

फ्लाई दुबईबाट आएका उनीहरुले कपडामा सुनको लेप लगाएर आएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।