९ असार २०८३, मंगलबार

जसपा आजै सरकारबाट बाहिरिने

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ ।

आज सोमबार बस्ने पार्टीको केन्द्रीय समिति बैठकले बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरिन लागेको यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो ।

यसअघि आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

आज बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरी औपचारिकरुपमा सार्वजनिक गरिने चौरसियाको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिनुभएको थियो ।

गत वैशाख २३ गते यादव नेतृत्वको पार्टी जसपा फुटेको थियो । अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद र ३० जना केन्द्रीय सदस्यले जनता समाजवादी पार्टी बनाउनुभएको छ ।

यादव सरकारबाट बाहिरिएपछि उपप्रधानसहित स्वास्थ्य मन्त्रालयमा नयाँ पार्टी जसपाका अध्यक्ष अशोक राई सहभागी हुने सम्भावना रहेको बताइएको छ ।

यसैगरी, सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा सहभागी हुनसक्ने बताइएको छ ।