३० असार २०८३, मंगलबार

खोलामा नुहाउने क्रममा डुबेर २ किशोरीको मृत्यु

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ३१ वैशाख । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका-२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिनुभयो ।

मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरा लगिएको प्रहरीले जनाएको छ ।