२५ जेष्ठ २०८३, सोमबार

सभामुखले बोलाए कानूनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न कानूनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक बोलाउनुभएको छ ।

सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपराहन्न ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।