११ असार २०८३, बिहिबार

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

19.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नेपाल आइडल सिजन-२ का विजेतासमेत रहनुभएका गायक रवि ओड प्रहरी नियन्त्रणमा रहनुभएको छ ।

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक ओडले प्रहरीमा आत्मसर्मपण गर्नुभएको हो ।

गत चैत २० गते रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिनुभएको थियो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार प्रहरी कार्यालय झलारीमा आफै उपस्थित हुनुभएको जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिनुभएको छ ।

जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।