२ असार २०८३, मंगलबार

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि बस्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नेकपा एकीकृत समाजवादी (नेकपा एस)को स्थायी कमिटी आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

शनिबार सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि बैठक बस्न लागेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक बस्ने तयारी नेकपा एसको छ ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राख्नुभएको थियो भने महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे बैठकमा जानकारी गराउनुभएको थियो ।