२९ जेष्ठ २०८३, शुक्रबार

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या, ४ जना पक्राउ

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिनुभएको छ ।