३१ जेष्ठ २०८३, आइतबार

संसद चलाउन सरकार संवेदनशील नभएको कांग्रेसको निष्कर्ष

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुँदै गएको निष्कर्ष निकालेको छ ।

शनिबार कांग्रेस पदाधिकारी बैठकले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्दत भएको निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

उहाँले आफूहरु चाहिनेभन्दा बढी लचकदार भइरहेको बताउँदै भन्नुभयो- ‘संसद् पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्दत भएको भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो ।

महामन्त्री थापाले आगामी दिनमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले आफूहरुको माग र पोजिसन तलमाथि नहुने बताउनुभयो ।