२ असार २०८३, मंगलबार

‘विकासको मामिलामा राजनीति भन्दामाथि उठेर एकजुट हुन आवश्यक’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति भन्दामाथि उठेर सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले दलहरुले राजनीति भन्दा धेरै समय विकास निर्माणमा खर्चिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ यहाँ विभिन्न विचारधारा बोकेका साथीहरु हुनुहुन्छ । विकासको मामिलामा हामी राजनीतिक कुराहरु धेरै गर्दैनौँ । राजनीति त हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ । संघ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय निकायको निर्वाचनको बेलामा ४ महिना । बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ ।’

उहाँले दलका नेताहरुले पार्टीका कुरा मात्रै नगरी पार्टीको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका महासेठले यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रमा राम्रो उपलब्धि हाँसिल गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन । हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन सक्दैनौँ । हामीले विद्वान साथीहरुसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ । दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु । कामको गति बढाउँदैछौँ । विश्वास छ, यसवर्ष सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ ।’