१७ असार २०८३, बुधबार

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगाभ्न चेतावनी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २९ वैशाख । मकवानपुरका विभिन्न आठ राजनीतिक दलले बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न गरिरहेको तयारीबाट पछि नहटे सडकसँगै सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनिहरुले प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौंडा अस्पताललाई प्रयोगशालाका रुपमा प्रयोग गर्ने भनेर गरिएको पूर्व सहमति विपरित प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत अस्पताललाई प्रतिष्ठानमा गाम्न आरम्भ गरेको प्रक्रिया गम्भीर भएकाले आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो एक गम्भीर प्रकृतिको अभ्यासमा प्रदेश सरकार लागिरहेको सरकारमै रहेका र सरकार बाहिर रहेका दलहरुलाई पनि अस्वीकार्य छ ।’ जारी विज्ञप्तिमा थप भनिएको छ ‘मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्ने काम प्रदेश सरकारबाट भइरहेकाले यसको हामी समर्थन गर्न सक्दैनौँ । यति मात्र होइन, यदि यो प्रक्रिया तत्काल नरोकिए हामी मकवानपुरका राजनीतिक दल सशक्त आन्दोलनमा उत्रिने छौँ । हेटौंडा अस्पतालाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द नगरे सडक र प्रदेश सभामा समेत आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउँदछौँ ।’

उनीहरुले अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्दै लैजानुपर्नेमा प्रतिष्ठानको मातहतमा लगेर अस्पतालको अस्तित्व नै संकटमा पार्न खोजिएको भन्दै प्रदेश सरकारको उक्त कदमको विरोध गरेका हुन् ।