३१ जेष्ठ २०८३, आइतबार

जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो, खोज्न समय लाग्छ : रवि लामिछाने

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २९ वैशाख । गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहनुभएका जीबी राईलाई पक्राउ गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

शनिबार बिहान चितवन आइपुग्नुभएका लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउँदै अहिले खोज्न समस्या भइरहेको बताउनुभयो । ‘भगाइसकेको मान्छेलाई खोज्न समय लागेको हो ।’ उहाँले भन्नुभयो ।

यसैगरी, उहाँले आफूले संसदमा एक पटक बोल्न पाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसको अवरोधले आफू नडराएकोसमेत उहाँले सुनाउनुभयो । ‘संसदलाई कांग्रेसले आदेश दिने होइन । संसदमा एक पटक बोल्न पाउँ भनेको छु ।’ उहाँले भन्नुभयो ।