२७ असार २०८३, शनिबार

बागलुङको लाम्मेलामा आगलागी, २ घर खरानी

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २९ वैशाख । जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् ।

घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिनुभयो । मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए ।

गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उहाँले बताउनुभयो । घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेको हुनसक्ने आशंका उहाँले व्यक्त गर्नुभयो ।