सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दैनिक नेपाल २०८१ वैशाख २८ गते ५:५०

काठमाडौं, २८ वैशाख । दाङमा आफ्नै पतिको हत्या गरेको आरोपमा पत्नी पक्राउ परेकी छन् ।

घोराही उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उहाँकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला पर्नुभएका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सोधपुछपछि होटीलाई पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उहाँहरूबीच झै झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित