सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

८ दिनदेखि हराएकी स्नेहा पशुपतिमा भेटिइन्

दैनिक नेपाल २०८१ वैशाख २७ गते ६:४१

काठमाडौं, २७ वैशाख । आठ दिनअघि काठमाडौंको कलंकीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने बुधबार पशुपति क्षेत्रमा भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिनुभयो । उहाँ हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो ।

‘अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ ।’ प्रवक्ता अधिकारीले भन्नुभयो ।

उहाँको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलंकीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आउनुभएको थियो  ।

उहाँ यही वैशाख १९ गतेदेखि हराउनुभएको थियो । परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किनुभएको उहाँले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उहाँका परिवारले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित