२६ असार २०८३, शुक्रबार

भारतमा लोकसभाको तेस्रो चरणको मतदान जारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ ।

तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री अमित शाह, नागरिक उडड्यनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपालालगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ ।

तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली र दमन दीप छन् ।