आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

घाँस काट्न गएका २ जना महिला डढेलोमा परी घाइते

दैनिक नेपाल २०८१ वैशाख २४ गते ५:५२

बैतडी, २४ वैशाख । बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन् ।

दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते हुनुभएको हो । दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंगलबाट आएको डढेलोमा परी घाइते भएको प्रहरीले जनाएको छ ।

उहाँहरूको स्वास्थ्यवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ । जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित