२६ असार २०८३, शुक्रबार

घाँस काट्न गएका २ जना महिला डढेलोमा परी घाइते

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २४ वैशाख । बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन् ।

दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते हुनुभएको हो । दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंगलबाट आएको डढेलोमा परी घाइते भएको प्रहरीले जनाएको छ ।

उहाँहरूको स्वास्थ्यवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ । जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।