शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

हनुमानढोका दरबार क्षेत्रको अवलोकनमा जापानी विदेशमन्त्री योको

दैनिक नेपाल २०८१ वैशाख २३ गते १५:५०

काठमाडौं, २३ बैशाख । आजै काठमाडौं आइपुग्नुभएको जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । विदेशमन्त्री योकोले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको हो ।

एक दिनको भ्रमणमा नेपाल आउनु भएकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।

उहाँले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा आजै भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित