१० असार २०८३, बुधबार

पूर्वराजा ज्ञानेन्द्र र कोमलले मनाए वैवाहिक वर्षगाँठ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । पूर्वराजा ज्ञानेन्द्र र कोमल शाहले विवाहको ५५औँ वर्षगाँठ मनाउनुभएको छ । बिहीबार केही शुभेच्छुक र आफन्तहरुसँग उहाँहरुले वर्षगाँठ मनाउनुभएको हो ।

ज्ञानेन्द्र र कोमलबीच २०२७ साल वैशाख १९ गते विवाह भएको थियो । वर्षगाँठको अवसरमा पूर्वराजा पतिपत्नीले एकआपसमा केक खुवाएर खुशी साटासाट गर्नुभयो ।

नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको विवाह भएको हो । केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्य राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको विवाह भएको थियो ।

ज्ञानेन्द्रको विवाहको केही समयपछि उहाँका भाइ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहले प्रेक्षा राणासँग विवाह गर्नुभएको थियो । प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी हुनुहुन्थो ।